२ चैत्र २०८१ तनहुँ।
अन्जनराज न्यौपाने ,

ब्यास युवा क्लव तनहुँ दमौलीले नुरी हनफी जामे मरिजन मस्जिदमा २० कार्टुन पानी र ३ सय ९० वटा फ्रुटी हस्तान्तरण गरेको छ। तनहुँ जिल्लाको ब्यास -४ स्थित नुरी हनफी मस्जिदमा प्रसिद्ध रम्जान चाड एक महिनाका लागि घाम उदाउन भन्दा पहिला खाना फलफुल र पानी खाने र घाम अस्ताएपछि नखाने परम्परा रहेको सामाजिक अभियान्ता सुदिप गफारले जानकारी दिए।
युवा समाजसेवी सलिम मियाँले ब्यास युवा समाजले विभिन्न समयमा परोपकारी तथा अनुकरणीय कार्य गरेको प्रति खुसी ब्याक्त गरे। युवा समाजसेवी सफिक मियाँले सिर्जनात्मक र उदहारणीय कार्य प्रति हामी अत्यन्तै आभारी छौ ब्यास युवा क्लवको भाईचारा,एकता ,सद्भाव र समन्वयले नेपाल मुस्लिम समाज र ब्यास युवा क्लव प्रति अपनत्व र सम्वन्ध झनै प्रगाढ बनाएको उनले स्पष्ट पारे ।

यस्ताखाले सामाजिक ,सचेतना मुलक ,परोपकारी गुणी अभियानले समस्त जिल्ला भित्र र जिल्ला बाहिरका मुस्लिम दाजुभाइ प्रति सच्चा सम्वन्ध स्थापित भएको प्रति खुसी ब्याक्त गर्दै मुस्लिम सेवा समाज नुरी हनफी मस्जिदका अध्यक्ष जमाल्दिन मियाले खुशी व्यक्त गरे ।











