१ चैत्र २०८१, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चता सहितको प्रजातन्त्र आवश्यक भएको बताएका छन् । अध्यक्ष लिङ्देनले राजाको स्वागतमा आएका जनताको मत लाई अवमूल्यन गर्न खोजें परिस्थिति भयावह हुने हुने बताउँदै गम्भीर हुन ठूला दलका नेताहरु लाई चुनौती दिए । अध्यक्ष लिङ्देनले कुनैपनि संस्थाको कामले त्यसको औचित्य पुष्टि गर्ने बताउँदै मिडिया नेपाल लाई अगाडि बढन अनुरोध गरे ।

मिडिया नेपालले शुक्रबार काठमाडौमा गरेको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संवैधानिक राजसंस्था, जनताको सर्वोच्चता सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको तीन खम्बे राजनीति व्यवस्था आवश्यक भएको बताए । उनले राजनीतिक दलहरुले जनताका नाममा जनताकै शोषण गरेकाले वर्तमान राजनीतिक प्रणालीमाथि आवाज उठेको स्पष्ट पारे ।














