२९ फागुन २०८१ काठमाण्डौ ।

रंगहरुको पर्व होली बिहीबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने प्रचलन रहेको छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकआपसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा पनि लिने गरिएको छ। काठमाडौको बसन्तपुर स्थित हनुमानढोका दरबार क्षेत्रमा विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि होली पर्व प्रारम्भ हुन्छ । पूर्णिमाको राति चीर दाह गरेपछि होली समापन हुन्छ ।यसैबीच होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका शीर्ष नेताहरु लगायतले शुभकामना होलीको सन्देश दिँदै मर्यादित ढंगले होली मनाउन सबैसँग आग्रह गरेका छन् । प्रहरी प्रशासनले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न, जथाभाबि रंग र अबिर नदल्न सबैलाई सचेत गराएका छन् । अन्यथा कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत प्रहरीले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय