२२ फागुन २०८१, काठमाडौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि पूर्वनिर्धारित बागमती प्रदेश स्तरीय बिरोध सभाको कार्यक्रम स्थगित गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठकले २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित बिरोधसभा स्थगित गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको विभिन्न कार्यक्रममा सहभागी भइरहेका पूर्व राजा शाह २५ गते २ बजे काठमाडौँ फर्किने कार्यतालिका तय भएकोले सो दिनको आमसभा स्थगित गरिएको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । पूर्व राजाको काठमाडौँ फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै फागुन २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन राप्रपाले पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरेको, पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि बिजुलिबजार देखि दरबारमार्ग सम्म राप्रपाले बृहत मोटरसाइकल र्‍यालीको आयोजना गरेको थियो । फागुन ७ गते पुर्वराजाको सम्बोधन लाई स्वागत गर्दै पछिल्लो समय राप्रपा लगायतका राजाबादी संघसंस्थाले देशभर विभिन्न कार्यक्रम गर्दै आईरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय