१८ फागुन २०८१ ,  काठमाडौ।

रुस–युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नोंकझोकपछि अपमानित महसूस गरेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बेलायतमा न्यानो स्वागत पाएका छन् । बेलायती प्रधानमन्त्री किएर स्टार्मरले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग इङ्ग्ल्यान्डको टेन डाउनिङ स्ट्रीटमा भेट गर्दै बेलायत युक्रेनको साथमा रहेको बताएका छन् ।बेलायत पुगेपछि जेलेन्स्कीले स्टार्मरसँग बेलायतजस्तो मित्र आफूहरुसँग रहेको भन्दै खुसी व्यक्त गरे । साथै उनले युद्धमा साथ उभिएकोमा बेलायतलाई धन्यवादसमेत दिए ।

यसअघि जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमा भेट गरेका थिए त्यहाँ दुवै नेताबीचको भेट नोंकझोकमा परिणत भएको थियो । जेलेन्स्की र स्टार्मरले युक्रेनी सैन्य आपूर्तिका लागि २.२६ बिलियन पाउन्ड ऋणमा हस्ताक्षरसमेत गरेका छन् । जसलाई रुसी सम्पत्तिको प्रयोग गरी ऋण चुकाइने जनाइएको छ । जो हाल जफत गरिएको छ । स्टार्मर आइतबार रुस–युक्रेन युद्ध समाप्त गर्ने प्रयासका साथै व्यापक युरोपियन सुरक्षामा चर्चा गर्न युरोपियन देशका नेताहरुको एक शिखर सम्मेलनमा सहभागी हुनेछन् । यस्तै जेलेन्स्कीले आइतबार बेलायतका राजा चार्ल्स तृतीयसँग पनि भेट्ने कार्यक्रम रहेको छ । बेलायतको यो कार्यले अमेरिका लाई समेत यतिबेला ठूलो झड्का लागेको छ ।

एजेन्सीको सहयोगमा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय