उनले इटालीले नेपालको आर्थिक विकासमा विशेष योगदान दिँदै आएको उल्लेख गर्दै सन् १९९० मा लोकतन्त्रको स्थापनापछि र २०१५ को भूकम्पपछि इटाली सरकारले पुर्‍याएको सहयोग ऐतिहासिक रहेको उल्लेख गरे। संघका महासचिव मनोज श्रेष्ठ भाडेलले नेपालका सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनः निर्माणमा इटालीको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपालको सम्पदा संरक्षणमा इटालीको योगदान महत्त्वपूर्ण रहँदै आएको बताउँदै यो सहकार्य दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरे। साधारण सभामा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो। संघका संरक्षक राजेश काजी श्रेष्ठ र नेपालका लागि इटालीका मानार्थ वाणिज्य दूत प्रतिभा पाण्डेलाई विशिष्ट सम्मान प्रदान गरिएको थियो। त्यस्तै, अशोक समशेर जबरालाई २०२४ को ‘वर्ष उत्कृष्ट सदस्य’ का रूपमा सम्मान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय