३ फागुन २०८१, काठमाडौ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सोलुखुम्बुले आगामी फागुन १५ बाट वडा अधिबेशन सुरु गर्ने भएको छ । राप्रपा केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन समितिका संयोजक आङ गेल्बु (एजी) शेर्पा को प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष राजेन्द्र बस्नेतको उपस्थितिमा शनिबार बसेको संयुक बैठकले सो निर्णय गरेको हो । केन्द्रीय निर्वाचन समितिको निर्देशन अनुसार आगामी बैशाख मसान्तसम्म जिल्ला अधिबेशन सम्पन्न गर्ने प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन निर्देशिका २०८१ र निर्वाचन आचारसंहिता २०८१ अनुसार रहेर सबै तहका अधिबेशन सम्पन्न गर्न संयोजक शेर्पाले आग्रह गरे ।

शनिबार बसेको बैठकले वडा अधिबेशनका लागि नेताहरुको कार्यक्षेत्र पनि तोकेको छ । जस अनुसार अध्यक्ष बस्नेत र सोलुखुम्बु काठमाडौ सम्पर्क समितिका अध्यक्ष भेषराज कार्की लाई लिखुपिके गाउँपालिका, वरिष्ठ उपाध्यक्ष पासाङ्काजी लामा र केदार कार्की लाई दुधकुण्ड नगरपालिका , सहसचिव प्रेमहरी दाहाल र ठगेन्द्र जम्मर कट्टेल लाई नेचासल्यान गाउँपालिका , थुलुङ दुधकोशीमा जिल्ला कमिटी सदस्य ज्ञानेन्द्र बस्नेत र युवा संगठनका अध्यक्ष राजकुमार बस्नेत , सोताङ महाकुलुङ र माप्य दुधकोशि गाँउपालिकामा ,अध्यक्ष राजेन्द्र बस्नेत , भेषराज कार्की , राजकुमार बस्नेत , भवनाथ ढुङ्गेल , प्रेमहरी दाहाल , दावा तामाङ , आङ्बाबु शेर्पा र घनश्याम बास्तोलाका साथै खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एजि शेर्पा , राजेन्द्र बस्नेत,पासाङ्काजी लामा र आङ्बाबु शेर्पा लाई अधिबेशन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको सम्पर्क समितिका अध्यक्ष कार्कीले जानकारी दिए । आजको बैठकमा अधिबेशन, संगठन निर्माण र आन्दोलन लाई सगसगै लैजाने , जिल्लामा व्यापक रुपले कार्यक्रम संचालन गर्ने पार्टी संगठन तिब्र रुपले वृद्धि गर्दै जनताका दैनिक जनजिविकाका बिषयहरु उजागर गर्ने ठूला पार्टीले गरेका गलत कामको भण्डाफोर गर्दै अगाडि बढ्ने लगायतका महत्वपूर्ण निर्णय गरिएको राप्रपा सोलुखुम्बुले जनाएको छ ।











