फागुन २०८१, काठमाडौ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले शीर्ष नेताहरुको सम्पत्ति छानविनको माग गरेका छन् । आफूहरुमाथि कहिले पनि छानविन नगर नभनेको बताउँदै उनले वर्षौं जेल जीवन विताएर बाहिर आएका नेताहरुको सम्पत्तिको स्रोतबारे प्रश्न उठाएका हुन् । कुनै व्यापार व्यवसाय नगरी त्यतिधेरै सम्पत्ति आर्जन कसरी भएको हो भन्ने बारे छानविन हुनुपर्ने उनको माग छ ।‘निर्दलीयबाट बाहुदलीयतामा आउँदै गर्दा उहाँहरुको योगदान छ । त्यसप्रति सम्मान छ तर, मेरो अर्को प्रश्न– वर्षौं जेल बसेर बाहिर आउँदै गर्दा एकैचोटी दरबार चाहीँ कसरी बन्यो ? उनले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा माथि इंकित गर्दै व्यवसाय कहाँ गरियो ? व्यवसाय त कुनै थिएन, कुनै पनि आर्थिक स्रोत थिएन । जेल बसेर बाहिर आउनुभयो, केही महिनामा सबै नेताहरुको दरबार बन्न थाल्यो यहाँ । यो कसरी बन्यो ? त्यसको छानविन गर्न पर्दैन ? हाम्रो नगर भनेकै छैन  उनले भने । यस राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सबै शिर्ष नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय