२ फागुन २०८१ । 

अन्जन न्यौपाने।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा कर्णालीका भूकम्प पीडितहरुलाई झुक्याइएको टिप्पणी गरेका छन् । जनयुद्ध दिवसको अवसरमा बिहीबार रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारको पालामा भूकम्प पीडितहरुको आवास निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग दिने भनिएपनि त्यो मौखिकमात्रै भएको आरोप लगायका हुन् । प्रचण्ड नेतृत्वको सरकारले त्यो निर्णय गरेको कुनैपनि कागजातहरु फेला नपरेको उनले बताए।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अहिले ४ लाख रुपैयाँ दिने भनि निर्णय गरेको पनि उनले सुनाए । उनले भने, ‘हुन त अघिल्लो सरकारले हामीलाई ५ लाखको घोषणा गरेको थियो घर बनाउने दिने भनेर , ५ लाखले एउटा छाप्रो बनाउँला भन्ने आशा थियो तर हामीले त्यो डकुमेन्ट खोज्दा कहीँ पनि भेटेनौं । मौखिक रुपमा रहेछ, त्यो लिखित कुरा भेटिएन । अहिलेको सरकारले चार लाख दिने भनेर निर्णय गर्दिएको छ । एक लाख त हाम्रो घट्यो । त्यसमा पनि हामीले प्रश्न त उठाएका छौं ।

यसबाट हामीले एउटा छाप्रो बनाएर पुनर्निर्माणको प्रक्रियालाई अगाडि बढाउनुपर्ने छ । अब त्यसको तयारीमा यहाँहरु लाग्नुहुन अनुरोध छ ।अघिल्लो सरकारमा कर्णालीबाटै निर्वाचित मन्त्री शक्तिबहादुर बस्नेत सहभागी रहेपनि भूकम्प पीडितहरुको पक्षमा कुनै काम हुन नसकेको शर्माले टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय