१ फागुन २०८१, तनहुँ
अन्जन न्यौपाने।

राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले देशलाई भ्रष्टाचारको दलदलमा फसाएको आरोप लगाएका छन। जनताको भरोसा र भ्रष्टाचार रहित एक मात्र पार्टी राष्ट्रिय प्रजातान्त्र पार्टी भएको उनले दावी गरे। अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातान्त्र पार्टी अब नेपालको पहिलो अनुशासित र जनताको प्रमुख पार्टी भएको बताए ।
जनताले विकास,सुशासन र रोजगारी चाएको वताउदै राप्रपा असफल हुनु भनेको देशनै असफल हुनु भएको उनले धारणा व्यक्त गरे । अध्यक्ष लिङ्देनले देश र जनताको अन्तिम विकल्प राष्ट्रिय प्रजातान्त्र पार्टी भएको बताए । आगामी फाल्गुन ९ गते पोखराको चिप्ले दुङ्गामा वर्तमान सरकारको अधिनायकवादी शैलीका विरुद्ध राप्रपाले विशाल जनप्रदर्शन गर्ने भएको जनाएको छ ।
राप्रपा तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, हेमजङ गुरुङ गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ लगायतले सम्बोधन गरे । उनीहरुले राप्रपा असफल भए देश नै असफल हुने भन्दै व्यवस्था परिवर्तन गर्न राप्रपा लाई साथ दिन आग्रह पनि गरे ।
सो अवसरमा अध्यक्ष लिङ्देन लगायतका शीर्ष नेताहरुले तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराहिको दर्शन समेत गरेका छन् । 











