२७ माघ २०८१, पोखरा।

पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह पोखरा प्रवेश गर्दा पश्चिमाञ्चलबासीले भव्य स्वागत गरेका छन्। नेपाल ऋषि प्रा. डा. जगमान गुरुङको संयोजकत्वमा गठित १,१११ सदस्यीय स्वागत मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा हजारौं नागरिक सहभागी भए।

पोखराका विभिन्न स्थानमा स्वागतद्वारहरू निर्माण गरिएका थिए भने, परम्परागत बाजागाजा, सांस्कृतिक झाँकीहरू र झन्डाहरूले शहरलाई राष्ट्रभक्तिको माहोलमा बदलेको थियो। समर्थकहरूले शाहलाई उल्लासपूर्वक स्वागत गरेका छन्।

पूर्वराजा शाह आईतबार रूपाकोट रिसोर्टमा बास बस्नेछन्। सोमबारदेखि उनको विभिन्न शक्तिपीठहरूको भ्रमण तालिका रहेको छ।

दुई साताका लागि पोखरा आएका शाहको भ्रमणले पश्चिमाञ्चलमा नयाँ उत्साह थप्ने राजावादीहरुको विश्वास रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय