२७ माघ २०८१, काठमाडौ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली षड्यन्त्रमा निपुण रहेको टिप्पणी गरेका छन् । शनिबार पार्टीको उपत्यका अधिवेशनलाई सम्बोधन गर्दै उनले षड्यन्त्रमा निपुण रहेका ओलीले जुनसुकै बेला पनि अनेक खुराफाती काम गर्न सक्ने बताए ।

हालै सरकारले संसद्मा अध्यादेश पेश गर्ने कार्यसूची फिर्ता लिएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘षड्यन्त्रमा निपुण भएको यो सरकार जुनसुकै बेलामा अनेक खुराफाती काम गर्न सक्छ । उनले सरकारका विभिन्न षड्यन्त्रलाई परास्त पार्न प्रतिपक्षीको मोर्चा बनाएर अगाडि बढ्ने प्रयास भइरहेको बताए । उनले प्रतिपक्षीहरुले राष्ट्रिय राजनीति र विभिन्न सन्दर्भमा आफ्नो भूमिका निर्वाह गरिरहेको स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय