१७ माघ २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संसदको शुक्रबार देखि सुरु हुने अधिवेशन बाट विद्यालय शिक्षा विधेयक पारित गर्न नसके पद छाड्ने उद्घोष गरेकी छन् । बिहीबार नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको पहिलो प्रदेश परिषद् बैठकलाई सम्बोधन गर्दै आफू शिक्षा ऐन ल्याउन भनेर नै पदमा बसेको बताएकी हुन् ।

आफू कुनै कुरा पाउँछु र कमाउँछु भनेर मन्त्री नबनेको उनको धारणा रहेको छ । ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ,’– उनले भनिन् । मन्त्री भट्टराईले आगामी आर्थिक वर्षकोबजेटमा प्रारम्भिक बाल विकास केन्द्र (इसिडी) र विद्यालय कर्मचारीको माग सम्बोधन गरिनुका साथै अन्य समस्या समाधान गरिने उल्लेख गरिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय