बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज प्रतिवादी तर्फको बहस हुँदैछ।  रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा बुधबार हाजिर भएका लामिछानेको बयान सकिएपछि बिहीबारबाट बहस सुरु भएको थियो ।

पहिलो दिन सरकारी वकिलका तर्फबाट  जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन् ।

आज जाहेरीकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गर्नेछन् । त्यसपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुने छ । रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ताहरु सुशिलकुमार पन्त र रमन श्रेष्ठ तथा अधिवक्ता डा.नाराणणदत्त कडेल, राजेन्द्र सेढाई, सुरज बस्नेतले बहस गर्ने छन भनी आजै आदेश आउने सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय