माघ २०८१, काठमाडौ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध उजुरी दिएका छन् । आफूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै बिहीबार उनले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दर्ता गराएका हुन् । उनीमाथि बुधबार काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको थियो ।  “उजुरी दर्ता गरेपछी त्रिपाठीले यस विषयमा प्रहरीले उचित अनुसन्धान गर्छ भन्ने विश्वास लिएको बताए  ।

त्यस्तै नेपाल बार, सर्वोच्च अदालत बार, काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले पनि त्रिपाठीमाथि भएको हमलाको विषयमा अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्न माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध जाहेरवालाका तर्फबाट उनले बहस गरेका थिए । सहकारी पीडितका तर्फबाट आफ्नो बहस सकाएर बाहिरिने क्रममा उनीमाथि आक्रमण गरिएको थियो । बहस पैरवी गरेकै आधारमा त्रिपाठी माथि हमला भएपछि यतिबेला यसको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय