माघ २०८१, काठमाडौ ।

यतिबेला अमेरिका लस एनजल्स शहरको जङ्गलमा लागेको आगो र हुरी बाट सिर्जित भयानक संकट भोगी रहेको छ । बिश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । यो बिपद्व climate change को कारण भएको हुनसक्ने भन्दै राप्रपाका पुर्वअध्यक्ष तथा पुर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले  यस्तो संकट नेपालमा पनि आउन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन ।

लोहनीले सामाजिक संजाल फेसबुकमा लेखेका छन अमेरिकाको यो संकट लाई हेर्दा Climate Change को कारण हो भन्नेमा सबै सहमत देखिन्छन । Climate change को सन्दर्भ मा हाम्रो देश पनि संकट मा पर्न सक्छ भनी बारम्बार चेतावनी दिइएको पनि देखिएको छ। हाम्रो देश को अग्ला पहाड मा रहेको हिउ पग्लेर हिम तालहरु फुट्ने सम्भावना छ पानीका मुहानहरु सुकेका छन । समयमै चनाखो नभएमा हिमताल फुटेर अकल्पनीय रुपमा हामी संकटमा पर्नेछौ । यसबारे पुर्व तयारी गर्नुपर्ने र संकट न्यूनीकरणका योजना अगाडि बढाउनु पर्ने कुरामा उनले जोड दिए। नेपालमा रहेका हिमालहरुमा पनि यतिबेला हिउँ पर्याप्त देखिदैन । हिमालहरु काला पत्थरमा परिणत भएको देख्न सकिन्छ । जुन चिन्ताको बिषयमा बनेको बिज्ञहरु बताउँछन ।

हलिउडको घर मानिने अमेरिकी शहर लस एनजल्स अहिले विनाशकारी डढेलोको चपेटामा छ । आगो नियन्त्रणमा आइसकेको छैन । सोमबार बिहानसम्म २५ जनाको मृत्यु भएको छ,  दश हजारभन्दा धेरै संरचना जलेका छन् भने लाखौं विस्थापित छन् । अहिलेसम्मको समाचार अनुसार, डढेलोले कुनै पनि नेपालीलाई असर पुर्‍याएको छैन । नेपाली बसोबास गर्ने ठाउँहरू प्रभावितस्थलबाट टाढा छन् । जनताको जीवन र शहर बचाउन हजारौंको संख्यामा संलग्न अग्नि नियन्त्रक, प्रहरी, स्वयंसेवक र बिमान सहितका सबै उपकरणको प्रयोग गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय