पौष २८ सोलुखुम्बु।

सोलुखुम्बु सुदुरपुर्वमा रहेको महाकुलुङ गाउँपालिकामा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । “समृद्व महाकुलुङको आधार, कृषि र पर्यटन यसको पूर्वधार” भन्ने मूल नाराका साथ कृषी प्रदशनी मेलाको आयोजना गरिएको थियो । गाउँपालिकाको कृषि विकास शाखा र पहाडी विकास तथा संरक्षण समूह नेपाल बुङको संयुक्त आयोजनामा कृषकहरुलाई कृषि व्यवसायमा आकर्षण बढाउन र कृषकहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउने उदेश्यले गाउँपालिकाले हरेक वर्ष यस किसिमको मेला आयोजना गर्ने गरेको कृषि अधिकृत ओश्ना कुलुङले धारणा व्यक्त गरिन् ।

प्रदर्शनीमा कृषिबाली, अल्लो तथा प्लास्टिकबाट निर्मित प्रतिष्पर्धी मध्ये प्रथम, द्वितीय र तृतीय हुने कृषकहरु लाई क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको छ ।   त्यस्तै अन्तर कृषक समूह सिली/ तोसी नाच प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगिहरुलाई क्रमश १५ हजार, १२ हजार र १० हजार रुपैयाको साथमा प्रमाण पत्र सहित पुरस्कृत गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

स्थानीय अर्गानीक परिकार प्रदर्शनीमा प्रथम, द्धितिय र तृतिय हुनेहरु लाई क्रमश ७ हजार, ५ हजार र ३ हजार वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय