पौष ५, धनगढी ।

सुदूरपश्चिम प्रदेशका जिल्ला भ्रमणका लागि धनगढी पुगेका नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला लाई धनगढी विमानस्थलमा नेताकार्यकर्ता भव्य स्वागत गरेका छन्  । कांग्रेसको १५औं महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी दिने तयारीमा रहेका कोइरालालाई भावि सभापति भन्दै १५ किलोको माला समेत पहिर्याएर स्वागत गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले ‘भावी सभापति शेखर कोइराला- जिन्दाबाद, सुदूरपश्चिमले के भन्छ- १५ औं महाधिवेशनमा शेखर कोइराला ले भन्छ जस्ता नारा लगाएका थिए ।

आगामी महाधिवेशनमा देउवाको विपक्षबाट सभापति उठ्न लागेका कोइरालालाई देउवाकै गृह जिल्लामा भव्य स्वागत गरिएको छ । प्रदेशका ९ वटै जिल्लाका सभापति भेट्ने उदेश्यका साथ कैलाली उक्लिएका शेखर केही दिन सुदूरपश्चिममा नै रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय