पौष ४ , जुम्ला।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्र.ना.उ. छेदी लाल कामतीले बढ्दै गरेको चिसोलाई ध्यानमा राखी जि.प्र.का. जुम्लाको हिरासतमा रहेका थुनुवाहरुको लागि १५ थान न्यानो कपडा (कम्बल,सिरक) बिहीबार एक कार्यक्रमका बिच वितरण गरेका छन।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि , समाजसेवी, बुद्धिजिबी र पत्रकारहरुको उपस्थिती रहेको थियो । जुम्लाको पातारासी गाउपालिका वडा नं – २ तल्फी बस्ने धन सिंह बोहोराले आमाको सम्झनामा न्यानो कपडा जि.प्र.का जुम्ला लाई उपलव्ध गराएपछि सबै न्यानो कपडा कैदीबन्दीहरु लाई वितरण गरिएको हो ।

न्यानो कपडा सहयोग गरेका बोहोरा लाई जिल्ला प्रहरी कार्यालय जुम्लाले धन्यवाद ज्ञापन गर्दै प्रशंसा गरेको छ । यसअघि जि.प्र.का जुम्लाले हिरासत मेश संचालन, हिरासत पुस्तकालय, निशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरु गरिसकेको छ । जाडोमा न्यानो कपडा पाएपछि कैदी बन्दीहरु पनि खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय