मंसिर २५, काठमाडौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा पुर्वमन्त्री बिक्रम पाण्डेले रास्वपाका सभापति रबि लामिछाने माथी राज्यले नियन्त्रणमा राखेर गरिरहेको व्यवहारको बिरोध गरेका छन । सामाजिक संजाल मार्फत आफ्नो बिचार व्यक्त गर्दै पाण्डेले लामिछाने लाई राज्यले अनावश्यक दुख दिएको बताएका हुन ।

 

पाण्डेले अनुसन्धानमा रहेका लामिछाने लाई अपराधी लाई जस्तै व्यवहार गरेको प्रती आपत्ति जनाएका छन । उनले मानव अधिकारको समेत ख्याल नगरी प्रहरीले अनावश्यक दुख दिएको सामाजिक संजाल मार्फत आरोप समेत लगाए ।

पाण्डेले लामिछानेको बिषय लाई यथाशीघ्र अदालती प्रक्रिया लैजान र अदालतको सम्मान गर्न सबै पक्ष सग अनुरोध समेत गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय