मंसिर २५, काठमाडौ।

नेपालको औपचारिक भ्रमणमा आएका दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आफ्नो नेपाल भ्रमण पूरा गरी फर्किएका छन ।

भ्रमणका क्रममा लुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल लगायतसँग शिष्टाचार भेट गरेका छन् ।

साथै लुले ICIMOD संगको लैङ्गिक समानता र समताको कार्ययोजना अनुदानको औपचारिक शुरुवातमा र U.S. Embassy Youth Council Nepal सँगको कुराकानीमा पनि  भाग लिए ।

लुले नेपालको समृद्ध सांस्कृतिक सम्पदालाई आफ्नो पहिचानको आधारशिला र पर्यटन र अर्थतन्त्रको प्रमुख माध्यमका रूपमा मान्यता दिँदै भक्तपुरको भ्रमण पनि गरेका छन् ।


लुको भ्रमणले अमेरिका-नेपाल साझेदारीलाई सुदृढ तुल्याउदै दिगो विकास, लैङ्गिक समानता र सामुदायिक सशक्तिकरण लगायतका प्रमुख क्षेत्रहरूमा निरन्तर सहकार्य र प्रगतिका लागि बाटो बनाएको विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय