मंसिर १७, जनकपुरधाम ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालले जीत हात  पारेको छ ‌। म तगणनाको अन्तिम मतपरिणाम अनुसार डाक्नेश्वरी नगरपालिका १ को वडाध्यक्षमा जसपा, नेपालका धिरेन्द्र कुमार साह ६५२ मत ल्याएर  निर्वाचित भएका छन ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूलिया देवी थरुनीले ५८७ मत पाएकी छन् । नेकपा एमालेकी भगवानी साहले मात्र २ सय ६५ मत पाइन् । वडा नम्बर ४ को वडाध्यक्षमा पनि जसपा नेपालकै देवेन्द्र प्रसाद यादव निर्वाचित भएका छन् । ३७२ मत पाएर यादव निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमात २७७ र जनमत पार्टीका उदय नारायण पण्डितले २३१ मत पाएका छन् ।

यो वडामा ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका हरि प्रसाद राय विजयी भएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय