कार्तिक १६, काठमाडौ।

विश्वको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा राष्ट्रपति निर्वाचनको अन्तिम दौड चलिरहेकै बेला ह्वाइट हाउसमा हिन्दू धर्मावलम्बीहरुको महान पर्व दिपावलीको अवसरमा दीपप्रज्वलन तथा लक्ष्मी पूजाको कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रपति भवनमा आयोजित दिपावलीमा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसको सहभागी थियो । ह्यारिस हिन्दू धार्मिक परिवारकी हुन् । राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावली उत्सवको शुभारम्भ गरेका थिए । दीपावलीमा करिव ६ सय जना दक्षिण एसियाली हिन्दू धर्मावलम्वी पाहुनाहरू सहभागी रहेको एजेन्सीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति चुनावमा हिन्दु मतदाताको पनि ठूलो जनसंख्या रहेकाले ह्वाइट हाउसमा यसपटक हिन्दूको मन जित्न दिपावलीको विशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ । दीपावलीको अवसरमा राष्ट्रपति जो बाइडेन, राष्ट्रपतिका दुबै उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका सबै हिन्दू धर्मवालम्वीहरूलाई शुभकामना दिएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय