कात्तिक ११, सोलुखुम्बु ।

गत असार अन्तिममा आएको थामे बाढीले नेपालको प्रमुख पर्यटकीय क्षेत्र खुम्बुमा थुप्रै चुनौतीहरू निम्त्याएको थियो तर त्यसको न्यूनीकरणमा स्थानिय सरकार गम्भीर बन्न नसकेको खुम्बुपासाङ ल्हामु गाउँपालिका वडा नम्बर -१ का वडाअध्यक्ष फुनुरु शेर्पाले आरोप लगाएका छन ।

अहिले पर्यटकीय सिजन हो । यो बेला बिश्वभर बाट पर्यटकहरु खुम्बु आउने गर्छन यस्तो समयमा पर्यटन प्रवर्द्धन, पर्यटक सुविधाको व्यवस्था,दिगो विकास, र वातावरणीय संरक्षणका लागि पालिकाले ठोस योजना ल्याउन नसक्दा होटल व्यवसायी, ट्रेकिङ व्यवसायी, ज्यालादारी भरिया, खच्चड, घोडा, याक, जोप्के, र हेलिकप्टर कम्पनिहरु लगायतका सबै व्यवसायीहरू प्रभावित भएको उनले सामाजिक सन्जालमा लेखेका छन्।

खुम्बु पासाङल्हामु गाउँपालिकाले नीतिनियमहरूको सही कार्यान्वयन नगरी व्यवसायीहरूलाई आवश्यक सहयोग र प्रोत्साहन दिन नसकेको उनको आरोप छ ।  यस्तै राष्ट्रिय निकुञ्ज र अन्य संघ संस्थालाई निर्देशन मात्र दिँदै, खुम्बु सरकार आफैं रमिते बनेको भन्दै शेर्पाले पर्यटक सग प्रवेश शुल्क मात्र लिएर बस्ने समय नभएको र आवश्यक समन्वय गर्दै काम गर्न पालिकाको ध्यानाकर्षण गराएका छन ।

यो सिजनमा पर्यटकहरु समस्यामा परे यसको सन्देश विश्वभरी नराम्रो जाने उल्लेख गर्दै शेर्पाले यसलाई गम्भीर रुपले लिनुपर्ने नत्र खुम्बुको पर्यटन व्यवसाय धरापमा पर्ने धारणा राखेका छन । यश अघि पनि पालिकाले गर्ने निर्णयहरु पारदर्शी नभएको, पालिकामा अध्यक्षको मनपरीतन्त्र हाबीभएको , बजेट बिनियोजनमा एकरुपता नभएको भन्दै शेर्पाले कार्यपालिका बैठक बहिस्कार गर्दै वडामा तालाबन्दी गरेर कामकाज ठप्प पार्दै पालिका लाई दबाब दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय