कात्तिक १, काठमाडौ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषको असोज मसान्तसम्मको भुक्तानी गर्नुपर्ने किस्ता रकम बुझाएको छ ।

न्यारोबडी खरिद गर्दा लिएको ऋणको किस्ता र व्याज रकम गरेर ६ अर्ब ३२ करोड तिरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

समस्याको दलदलमा फसेको निगममा खर्च कटौती र सुधारमा व्यवस्थापनले गरेको निरन्तरको खबरदारीले अहिले निगमले समयमै आफ्नो ऋण दायित्व भुक्तानी गर्न सकेको पौडेलले बताए । सरकारले कुनै प्रतिशोध नराखी बजारको माग अनुसार जहाजको व्यवस्थापनमा सहयोग गर्न सके निगमले प्रशस्त नाफा कमाउनुका साथै जनतालाइ सस्तो र सुलभ सेवा दिन सक्ने कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय