असोज २८, काठमाडौ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि पार्टी भवनको शिलान्यास गरेका थिए । उक्त भवन भाटभटेनी सुपरस्टोरका मीनबहादुर गुरूङले बनाइदिन लागेका हुन् । भवन शिलान्यासमा गुरूङ दम्पत्ति पनि सहभागी थिए ।

सत्तारुढ दलकै भवन व्यापारीको प्रत्यक्ष लगानी र सहयोगमा बनाउने निर्णयबारे एमाले भित्र अन्य नेताहरू पनि असन्तुष्ट छन् । यी क्रममा पाण्डेले भने सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै असन्तुष्टि व्यक्त गरेकी छन ।

उनले लेखेकी छन ‘पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो’
व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयेाग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयेाग लिनु र व्यापारीले दिनु दुवै ग़लत भएको उनले बताएकीछन् । ‘दिनेले किन र कसरी दिए उनैलाई थाहा हेाला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ’ स्थायी कमिटी सदस्य पाण्डले भनेकी छन् ।













