भारत सरकारले बाढी पहिरोले अवरुद्ध सडक सुचारु गर्न १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) नेपाललाई दिएको छ । बाढीपहिरोबाट अवरूद्ध भएको सडक सञ्जाललाई पुनः जोडेर संन्चालनमा ल्याई सडक सुचारु होस भनेर भारतले ३८ करोड मुल्यका यी बेलिब्रिज पुलका सामग्रीहरू दिएको भारतीय दूतावासले स्पष्ट गरेको छ ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई पुलका सामानहरू हस्तान्तरण गरिन् । उनले बेलिब्रिजका थप सामानहरू आगामी दिनमा पनि उलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरिन् ।














