वरिष्ठ पत्रकार जिबराम भण्डारीले बाढी पिडितको नाममा आएको राहत सरकारले लिनुपर्नेमा दलका नेताहरूले बुझ्दै हिडेको प्रती आपत्ति जनाएका छन । उनले सामाजिक संजालमा लेखेका छन `मैले नबुझे को पो हो कि ? बाढीपीडित हुने नेपाली ,त्यो नेपाली जनताको आधिकारिक तालुकदार नेपाल सरकार । नेपाल सरकार मार्फत पीडित जनतालाई कुनै पनि देशले आर्थिक सहयोग ,चन्दा ,दान वा बकस जे दिन मन छ स्वीकृत गरे दिने होला ?´
भण्डारीले अगाडि भनेका छन । `यहाँ त पीडितको नाममा पार्टी र उसका नेतालाई चेक हस्तान्तरण गरेको देखिन्छ । यतिमात्र छैन ,हरेक पार्टी खासगरी ६ पार्टीलाई अलग्गै चेक पार्टीनै पिच्छे दिएको सुन्नमा पनि आएको छ ?
यसमा कांग्रेस ,एमाले ,माओवादी केन्द्र ,राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीको नाम लिइन्छ । चीनले मात्रै किन पार्टीका नाममा दिएछ ? ´ अब अरु देशको पनि पालो आउने होला । उनलेे पनि हेरेकै होलान् ? आखिर पीडित गरिब दुखी नेपाली हुन कि पार्टीको नेतृत्व ? ´


यसरी अन्तर्राष्ट्रिय सहयोग सरकारले लिनुपर्नेमा राज्यका दल र तिनका नेताहरुले जथाभावी लिदै हिडदा राम्रो सन्देश जादैन । त्यसतर्फ नेपाल सरकार गम्भीर भएको छैन । बिपद्वमा रहेका जनताहरु लाई आवश्यकताका आधारमा राहत उपलब्ध गराउनु पर्नेमा बिगत जस्तै अहिले पनि पहुँच र शक्तिकै आधारमा वितरण भएको छ । जुन गलत परिपाटी हो । सरकारले यसतर्फ गम्भीर भएर सोच्न पर्ने देखिन्छ ।











