असोज २३, काठमाडौं ।
पुर्वराजा ज्ञानेन्द्र शाहले बिजयादशमीको उपलक्ष्यमा देशबासी लाई शुभकामना दिएका छन । उनले नेपालीहरुको मौलिक तथा साँस्कृतिक पर्व बडादशैं घर आँगनमा आईपुगेको भन्दै स्वदेश तथा बिदेशमा बस्ने सम्पुर्ण नेपालीहरु लाई शुभकामना व्यक्त गरेका छन ।


खुशी हुन र रमाउन दशैं नै पर्खनु नपर्ने अवस्थाको सिर्जना हुन नसकेको र देशबाट युवाहरु पलायन हुनु गाउँघर रित्तो हुनु चिन्ताजनक भएको हुदाँ यसले आफु लाई दुखी तुल्याएको उनले विज्ञप्तीमा भनेका छन ।

भर्खरै छिमेकी मित्रराष्ट्र भुटानको ४ दिने निजी भ्रमण पुरा गरी फर्किएका पुर्वराजा शाहले देश परनिर्भरता र ऋणमा चुर्लुम्म डुबेको , युवा पलायन बढेको र क्षेत्रिय तथा अन्तराष्ट्रिय हस्तक्षेपको मारमा नेपाल पर्दै गएको प्रति आफु चिन्तीत भएको बताएका छन ।

जनताहरुमा बढेको निराशा र अस्थिर राजनितिले थप समस्या आएको र सत्तामा भएकाहरुको दुरदृष्टि नदेखिएको भन्दै शाहले नेपाल असलंग्न परराष्ट निती प्रति प्रतिबद्ध रहनुपर्ने कुरामा जोड दिए ।

भुटानले निकै महत्व दिएको शाहको भ्रमण पछि यतिबेला उनको भ्रमण लाई लिएर निकै टिकाटिप्पणी भईरहेको छ । दशैंको शुभकामना सन्देश मार्फत पुर्वराजा शाहले जनताको खुशीको निम्ती जस्तोसुकै त्याग गर्न तयार रहने शाहवंशिय परम्परा रहेको उल्लेख गर्दै शाहले देश र जनताले आफ्नो भुमिका खोजेको सन्देश दिन खोजेका छन ।












