असोज १३, काठमाडौ।

उदयपुरको घुर्मी र ओखलढुंगाको हर्कपुर जोडने सुनकोशीको पुल सुरक्षित रहेको छ । लगातारको वर्षाले अस्तव्यस्त भएको सडक र पुलमा थुप्रेको लेदो सफा गरिएको छ । खुर्कोटको पुल बगाए पछि घुर्मिको पुलमाथि बाट पानी बगेको थियो ।

तर यो पुल भनी बगेन जसले गर्दा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ र भोजपुर लगायत जिल्लाका सर्वसाधारण लाई ठुलो राहात भयो । यो पुल बगेको भए यी जिल्ला पूर्णरुपले राजधानी काठमाडौं र तराई सँग सडक संजालले वञ्चित हुन्थियो। पुलमाथि बाटै पानी बग्न थालेपछि यो पुल सुनकोशीले लैजाने खतरा बढेको भएपनि यो पुल भनी जोगिएको छ ।

चाडबाडको बेला यो  पुल बग्ला की भन्ने ठूलो चिन्ताले सबैलाई सताएको थियो तर जुन जोगियो। यो कुराले सबैले राहतको सास फेरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय