कुल बहादुर बस्नेत,
असोज ११, खोटाङ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ४ बडहरे निवासी युवा ब्यवबसायी तथा समाजसेवी मन कुमार तामाङले बडहरे स्थित शान्ति आधारभूत बिद्यालयका विद्यार्थीहरू लाई पोशाक वितरण गरेका छन ।

तामाङले एक सयभन्दा बढी विधार्थीहरु लाई बिधालयको नाम अङ्कित पोशाक वितरण गर्नुका साथै आगामी दिनहरूमा पनि समाज सेवाको काममा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । आफ्नो सानो सहयोगले विधार्थीहरुको अध्ययनमा सहयोग पुग्ने उनले अपेक्षा गरे।

पोशाक पाएपछि खुशी देखिएका विद्यार्थीहरुले तामाङ लाई धन्यवाद ज्ञापन गरे ।











