असोज ७, २०८१ ।

दुर्गा प्रसाईं काठमाडौँमा पक्राउ परे लगत्तै  उनका समर्थकमाथि प्रहरीले धरपकड तिव्र पारेको छ । प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको हो ।

 

यसैगरी भर्खरै गठित नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रसाईं पक्राउपछि आन्दोलन गर्ने तयारी गर्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो । हिजो साझ प्रसाईं पक्राउ गरेको  बिरोधमा उनिहरुले झापामा ३ वटा ट्रकमा आगजनी गरेका थिए ।

प्रहरीले भने उनीहरूलाई निगरानीमा मात्र राखेको जनाएको छ । काठमाडौ जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए सगै प्रहरीले प्रसाईं लाई आइतबार पक्राउ गरेको थियो । अहिले स्वास्थ्य समस्या आएको भन्दै उनलाई वीर अस्पताल भर्ना गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय