असोज ७, काठमाडौ ।

श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति बनेका अनुरा कुमारा दिसानायकेले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकेलाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायके ४२.३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएको आयोगले जनाएको छ ।

विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२.७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहेका थिए भने सन् २०२२ को आर्थिक सङ्कटको चरम अवस्थामा पदभार सम्हालेका र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गरेका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७.२७ प्रतिशतका साथ तेस्रो स्थानमा रहे ।

 

सन् २०२२ मा श्रीलङ्कामा आएको आर्थिक मन्दीका कारण आम श्रीलङ्कावासीले पीडादायी कष्ट भोग्नु परेपछि दिसानायकेको समर्थनमा वृद्धि भएको थियो । सांसदहरू, बौद्ध धर्मगुरुका सदस्यहरू र समारोहबीच ५५ वर्षीय दिसानायकेले प्रधान न्यायाधीशसमक्ष शपथग्रहण गरेका हुन् ।शपथग्रहणपछि दिसानायकेले जनताको राजनीतिज्ञप्रतिको विश्वास लाई पूर्ण रूपमा पुनर्स्थापित गर्न सक्दो प्रयास गर्ने बताएका छन ।

उनले भने, ‘म जादुगर होइन । मैले जानेका कुराहरू छन् र मलाई थाहा नभएका कुराहरू पनि छन्, तर म सबैसँग सल्लाह लिनेछु र मेरो राम्रो गर्ने प्रयास हुनेछ । त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।

प्रधानमन्त्रीद्वारा राजीनामा

श्रीलङ्काको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान राजीनामा दिएका छन् । आफ्नो राजीनामापत्रमा गुणवर्धनाले श्रीलङ्काको नवौँ कार्यकारी राष्ट्रपतिको रूपमा दिसानायके निर्वाचित भएसँगै देशको संविधानअनुसार नयाँ मन्त्रीमण्डल गठनका लागि मार्ग प्रशस्त गर्दै राजीनामा दिएको  उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय