राजेन्द्र बस्नेत ,

असोज १, २०८१ काठमाडौं ।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले चाडपर्व लक्षित बिशेष कार्ययोजना २४ घटना भित्र पेश गर्न मातहतका निकायहरु लाई कडा निर्देशन दिएका छन ।

आज बसेको  बैठकमा अध्यक्ष अधिकारीले बडादशै, तिहार र छठ पर्वको समयमा जनतालाई सहज  र सरल रुपले नियमित सेवा बाहेकको बिशेष व्यवस्था गर्न आवश्यक निर्देशन दिएका हुन । उनले २४ घण्टाभित्र २ महिने बिशेष कार्ययोजना बनाइ पेश गर्न भनेको प्रवक्ता रमेश पौडेलले लिखुखबर लाई जानकारी दिए ।

वाइडबढी जहाज मर्मतका लागि इटाली पठाएको बिषयमा तालुक अड्डा नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालय सग एक्लै जुधिरहेका अधिकारीले आफ्ना बिभागका कर्मचारीहरु सग सुधारको खाका सहित कार्ययोजना ल्याउन भनेका हुन ।

सरकारको स्वामित्वमा रहेको निकायको अवस्था कस्तो छ? बजारको हिस्सा के छ? साधनश्रोतको अवस्था के छ? निजि कम्पनीहरु सग कसरी प्रतिस्पर्धा भैरहेको छ? अन्तरास्ट्रिय स्तरको सेवा र बजार बिस्तार गर्न के कसरी आवश्यक समन्वय गर्ने छलफल र योजना बनाउनु पर्ने निकायहरु आफू मातहतको एउटा कर्मचारी लाई दोष देखाएर सबै बिगार्यो डुबायो सक्यो भन्ने आरोप लगाइ ,  जस र राम्रो कुरा आफुले गरेको र अपजस र नराम्रो सबै अध्यक्षले गरेको भन्ने अवस्थामा पुगेको देखिन्छ ।

निगम सुधारमा स्पष्ट दिशानिर्देश गर्नुपर्ने कुरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे पनि चुकेका छन । निगमका कार्यकारी अध्यक्ष लाई स्पष्टीकरण सोध्ने , नेता कार्यकर्ता भेटने, देउवा र ओलिकै वरपर घुम्नेमै उनको दिनचर्या बितेको छ । जुन समस्याको समाधान हैन । वर्षौंदेखि आर्थिक , प्राविधिक र राजनीतिक संकट बाट गुज्रिएको संस्था लाई गति दिनु , मुख्य अभिभावक भएको नाताले  मन्त्री पाण्डेको पहिलो दायित्व हो । जुन दायित्व बाट मन्त्री पाण्डे पन्छिन खोजेको प्रष्ट देखिन्छ । निगम प्रशासन सग दुरि बढाएर उनले खोजेको सुधार सम्भव नहुने भएकोले मन्त्रीले यसतर्फ तत्काल ध्यान दिएर सुधारका लागि बजारको माग, आर्थिक व्यवस्थापन , प्राविधिक व्यवस्थापन र सुधारका अन्य कार्ययोजना बनाइ लागू गर्नुको विकल्प छैन । अन्यथा नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम अझ समस्याको दलदलमा भासिन सक्ने सम्भावना लाई नकार्न सकिदैन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय