भाद्र ३१, २०८१ काठमाडौं।

लामो समय देखि ग्रेटर नेपालको मुद्दा उठाउँदै आएका अभियान्ता फणीन्द्र नेपालको एक्स (पहिले ट्वीटर) को एकाउन्ट हटाउन भारत सरकारले पत्राचार गरेको खुलेको छ ।

लामो समयदेखि ग्रेटर नेपालका पक्षमा वकालत गर्दै आएका नेपालले एक्समा गरेको पोष्टहरुले भारतको सूचना प्रविधि ऐन, (२०००) को उल्लंघन गरेको भन्दै पत्र लेखेको एक्सले नेपाललाई ईमेलमार्फत् जानकारी दिएको छ ।


पारदर्शिताका लागि हामीले यो जानकारी गराउँदैछौं कि तपाईंको एक्स एकाउन्ट हटाउन भारत सरकारबाट लिगल डिमान्ड भएको छ’, उनलाई आएको इमेलमा भनिएको छ ।त्यसअनुसार आफ्नो एक्स एकाउन्टलाई भारतभरि ‘विथहेल्ड’ (रोकिएको) नेपालले जानकारी दिए । ‘त्यही इमेलको पछाडि मेरो एकाउन्टलाई भारतभर रोकिएको भनिएको छ’, उनले भने, ‘संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकको सरकार नै खनिएर मेरो आवाज दबाउन खोज्दा मेरो देशको सरकार भने मौन छ । जुन कुराले मलाई आश्चर्यचकित बनाएको छ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय