विश्व हिन्दु महासंघले सनातन हिन्दुराज्यको माग गर्दै शुक्रबार काठमाडौंमा प्रर्दशन गरेको छ । महासंघले माईतीघर बाट बानेश्वर सम्म पैदल रियालीको आयोजना गरेको हो । रियालीमा सहभागीहरुले नेपाल लाई सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने संबैधानिक राजसंस्थाको स्थापना गर्नुपर्ने , प्रदेश संरचना खारेज लगायतका माग राखेका छन ।


विश्व हिन्दु महासंघको कार्यक्रम भनेपनि अधिकाशं सहभागी राप्रपा र राप्रपा नेपालका नेता कार्यकर्ताहरुको रहेको छ । राप्रपाका पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले धर्मनिरपेक्षताको आडमा धर्मान्तरणको आगो सल्किएको आरोप लगाए ।

उनले समयमै सचेत नभए भोलिका दिन निकै चुनौतिपुर्ण हुने भन्दै तत्काल हिन्दुराज्य पुनःस्थापना गर्न सरकार सँग माग गरे । संविधान संशोधनको चर्चा चलेको छ जनताको माग सुन्ने सरकार देशमा बनेको हो भनी सनातन हिन्दुराज्यको माग लाई सम्बोधन गर्न उनले सरकार लाई चुनौती दिए ।

आजको जनप्रर्दशन लाई महासंककी अध्यक्ष अस्मिता भण्डारी , राप्रपाका नेताहरु पशुपति शम्शेर राणा , डा. धवल शम्शेर राणा लगायतले सम्बोधन गरेका थिए ।

आजको प्रर्दशनमा देखिएका दृश्यहरु ।












