भाद्र २८,२०८१ बागलुङ

बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर–२ भुङखानीमा दुर्घटना भएको थियो ।

उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए । दुर्घटना स्थलमा उनको परिचयपत्र समेत भेटिएको थियो । पुथा उत्तरगंगा गाउँपालिका १२ घर भएकी ३३ वर्षीय बुढाको दुर्घटनामा मृत्यु भएको र सो घटनामा परि मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बागलुङ प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए । भीरमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ परेको प्रहरीले जनाएको छ । उद्धार कार्य जारी छ । घाइते एकजनाको उपचारका लागि धौलागिरि अस्पताल बागलुङ पठाइएको र अवस्था गम्भीर रहेको भनिए पनि थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय