भाद्र २७, २०८१ काठमाडौ ।

शुक्रबार बस्ने संवैधानिक परिषद् बैठकको तयारी स्वरुप आज प्रधानमन्त्री केपी शर्मा ओलि ,  प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले संवैधानिक निकायमा संभव भए भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरेका छन ।

जवाफ प्रधानमन्त्रीले सकेसम्म सहमतीय तरिकाले रिक्त पदको पदपूर्ति गरिने जवाफ दिएका छन । तर ओलिले यसो भनिरहदा सत्तारूढ दलहरु उपसभामुख लाई पदमुक्त गरेर बहुमत पुर्याउने खेलमा रहेको स्पष्ट देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय