भाद्र २५, २०८१ बिर्तामोड

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाको बिर्तामोडमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा काङ्ग्रेस , एमाले , माओवादी लगायत विभिन्न पार्टी परित्याग गरि झन्डै ५०० जनाको हाराहारीमा राप्रपा प्रवेश गरेका छन्।

कार्यक्रम लाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा प्रवेश गर्ने सबैलाई स्वागत गर्दै राष्ट्रियता, प्रजातन्त्र, र जनताका अधिकारको लागि राप्रपाले सदैव लड्दै आएको र भविष्यमा पनि यसै दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।  राप्रपा कुनै पनि वामपन्थी वा दक्षिणपन्थी चरमपन्थको अधीनमा नपर्ने जनाउँदै मध्यमार्गी विचारधारालाई स्थापित गर्ने पक्षमा आफुहरु रहेको उनले धारणा व्यक्त गरे ।

 

उक्त कार्यक्रममा राप्रपाका कोशी प्रदेश अध्यक्ष राम थापा लगायतका नेताहरूले  सम्बोधन गरेका थिए। उनीहरूले पार्टीमा नयाँ सदस्यहरूको प्रवेशलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । राप्रपा पार्टीको विचारधाराप्रति विश्वास राख्दै सबैलाई मिलेर काम गर्न उनिहरुले आह्वान समेत गरेका छन्।

कार्यक्रममा प्रवेश गर्नेहरू अधिकांश युवा, व्यवसायि र स्थानीय नेताहरू रहेका छन , जसले आफ्नो भविष्य र देशको समृद्धिको लागि राप्रपाको नीति र योजनालाई उपयुक्त ठानेर प्रवेश गरेको बताए। राप्रपाले २०८१ लाई पार्टी संगठन बिस्तार वर्षको रूपमा अगाडि लैजाने निर्णय समेत गरेको थियो । जस अनुसार नयाँ सदस्यहरूको आगमनसँगै पार्टीले आफ्नो संगठनलाई थप सुदृढ बनाउने नेताहरुले अपेक्षा गरेको छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय