काठमाडौ महानगरपालिका वडा नम्बर -८ पशुपति क्षेत्रस्थित प्राचिनबस्ति इतापाखामा रहेको सुकुल स्वर्ण गणेश मन्दिरमा २२ गते गणेश चतुर्दशी अर्थात ( गणेश चौथी) को दिन बिशेष पुजा हुने भएको छ ।


श्री पशुपति इतापाखा उपभोक्ता समाजले बिगत एक दशक देखि सो मन्दिरमा चतुर्थीको दिन पुजाआजा गर्दै आइरहेको समाजका अध्यक्ष रत्न कपालिले जानकारी दिए । सो अवसरमा सबै दर्शनार्थी लाई उपस्थित भएर पुजामा सहभागी भइ पुण्यआर्जन गर्न पनि समाजले सबैसँग अनुरोध गरेको छ ।

तिजको दिन पनि महिलाहरु लाई पशुपति दर्शन गरेर नाचगान गर्ने व्यवस्था गरेको समाजका अध्यक्ष कपालिले बताए । तिजको भोलिपल्ट गणेश मन्दिरमा गरिने बिशेष पुजामा समेबजी महाभोग चढाउदै आरती गर्ने चलन रहेको छ ।

पुजामा हरेक भक्तजनले गणेश लाई विभिन्न परिकारहरु चढाउन ल्याउने र पुजा सम्पन्न भएपछि प्रसादको रुपमा बितरण गर्ने गरिन्छ ।












