भाद्र १८,२०८१ काठमाडौँ ।भारतको केरला राज्यमा एउटा अनौठो संयोग देखिएको छ । पतिले मुख्यसचिवबाट अवकाश पाएलगत्तै पत्नीले मुख्यसचिवको जिम्मेवारी पाएकी छिन् । राज्य सरकारका मुख्यसचिव डा. वी. भेणुले पत्नी शारदा मुरलीधरनलाई मुख्यसचिवको जिम्मेवारी सुम्पँदै अवकाश लिएका छन् । उमेर हदका कारण भेणुले गत अगस्ट ३१ मा अवकाश पाएका थिए । उनलाई शुक्रवार बिदाइ गरिएको थियो ।

केरला राज्यमा पतिले पत्नीलाई मुख्यसचिवको जिम्मेवारी दिएर अवकाश लिएको यो पहिलो घटना भएको एजेन्सीले बताएको हो । एक समारोहमा डा. भेणुले शारदालाई पद हस्तान्तरण गरेका थिए । केरल सरकारले २१ अगस्टमा शारदालाई नियुक्त गरेको पुष्टि गरेको थियो । यसअघि उनी सरकारमा अतिरिक्त मुख्यसचिव (योजना तथा आर्थिक मामिला) पदमा कार्यरत थिइन् ।

भेणु र शारदा एक साथ भारतीय प्रशासन सेवा (आईएएस)मा प्रवेश गरेका थिए । उनीहरू १९९० ब्याचका आईएएस अधिकारी हुन् । नवनियुक्त मुख्यसचिव शारदाले ८ महिना प्रशासनिक नेतृत्व गर्नेछिन् । त्यसपछि उनले पनि अवकाश पाउनेछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय