भाद्र १७, २०८१ ललितपुर ।
त्रिभुवन बिश्वबिधालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक ललितपुरले स्ट्रक्चर इन्जिनियर तर्फ सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र अस्बिन ओलिलाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरेको छ ।


पिएचडिका लागि अमेरीकामा अध्ययनरत ओलिको तर्फबाट उनका बुबाआमा लाई आज एक कार्यक्रमका बिच बेदप्रसाद लोहनी स्वर्णपदक बाट सम्मान गरिएको हो ।

नेपालमा सिमेन्ट ढलान निर्माण प्रविधि शुभारम्भ गर्ने पहिलो नेपाली बेदप्रसाद लोहनीको नाममा २०५९ सालदेखि स्ट्रक्चर इन्जिनियर तर्फ उत्कृष्ट नम्बर प्राप्त गर्ने बिद्यार्थीलाई संस्थानले सम्मान गर्दै आईरहेको छ ।

लोहनीले पहिलो पटक आरसिसी प्रविधी मार्फत त्रीचन्द्र कलेजमा रहेको सरस्वती सदनको निर्माण गरेका थिए । त्यो नै नेपालको पहिलो आरसिसी प्रविधि मार्फत निर्माण भएको संरचना हो । जतिबेला नेपालमा सिमेन्ट , रड , गिट्टी जस्ता निर्माण सामाग्रीको प्रयोग नगरी इट्टा र माटोको प्रयोग हुने गरेको थियो ।

नेपालको निर्माण क्षेत्रमा आधुनिक प्रविधि भित्राउने लोहनीले नै इन्जिनियर उत्पादन गर्ने उद्देश्यले स्कुलको निर्माण गरेका थिए ।

हालको बसन्पुरस्थित कुमारी घरमा त्यतिबेला अध्यापन सुरु गरिएको भएपनि २०२९ सालमा नयाँ शिक्षा ऎन आएपछि त्रिभुवन बिश्वबिधालय अन्तरगत रहने गरि पुल्चोक इन्जिनिरिङ अध्ययन संस्थान बनाइएको कार्यक्रमका वक्ताहरुले बताए ।

स्वर्गीय लोहनीले नेपालमा इन्जिनियरिङ्को क्षेत्रमा पुर्याएको योगदानका बारेमा धेरै वक्ताहरुले धारणा राखेका छन । उनलाई राणा प्रधानमन्त्री जुद्द शम्सेरले सर्वसाधारणको तर्फबाट पहिलोपटक राष्ट्रिय योजना आयोगको सदस्यमा मनोनीत गरेको वक्ताहरुले जानकारी दिए । स्वर्गीय लोहनी लाई राज्यले जति महत्व दिनुपर्ने हो त्यति दिन नसकेको उनिहरुले गुनासो गरे ।

स्वर्गीय बेदप्रसाद लोहनी राप्रपाका नेता तथा पुर्वमन्त्री डा.प्रकाशचन्द्र लोहनीका पिता हुन । परिवारको तर्फबाट निर्माण गरिएको कोषलाई बढाउने बिषयमा परिवार सकारात्मक रहेको छ ।













