भाद्र १६, २०८१ काठमाडौं।

१७ देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ आजबाट सुरु भएको छ । अहिले चीनका लागि प्रस्तावित प्रा.डा. कृष्णप्रसाद ओलीको सुनुवाइ भइरहेको छ । आज पहिलो दिन भारतका लागि शंकरप्रसाद शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई पनि संसदीय सुनुवाइ समितिको बैठकमा बोलाइएको छ ।

त्यसपछि क्रमशः इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि प्रस्तावित रीता धिताल, पोर्चुगलका लागि प्रस्तावित प्रकाशमणि पौडेल, कतारका लागि प्रस्तावित रमेशचन्द्र पौडेल, रुसका लागि प्रस्तावित जंगबहादुर चौहान र साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाललाई सुनुवाइका लागि बोलाउने तयारी छ ।

त्यस्तै, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित लोकदर्शन रेग्मीलाई सुनुवाइमा बोलाउने समितिको तयारी छ । प्रस्तावित १७ राजदूतहरु मध्ये ४ जना (नेत्रप्रसाद तिमिल्सिना, धनप्रसाद पण्डित, शंकरप्रसाद शर्मा र कपिलमान श्रेष्ठ) विरुद्ध उजुरी परेका छन् बाँकी १३ जनाविरुद्ध भने कुनै उजुरी नपरेको सुनुवाइ समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय