भदौ १४ , २०८१ काठमाडौं ।

स्याङ्जाको पुतलीबजारमा जन्मेका  एकनारायण अर्याल १० कक्षामा पढ्दा बुवाका साथ लागेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए, त्यतिबेला तत्कालीन ‘सीडीओ’ (प्रमुख जिल्ला अधिकारी) को रवाफ र सम्मानलाई देखाएर उनका बुबाले भनेका थिए, ‘राम्रो पढेर सीडीओ बन्नु है बाबु छोरा ।

त्यही बेलादेखि हो, अर्यालले सीडीओ बन्ने सपना देख्न थालेको । त्यही सपनालाई पछ्याउँदै सरकारी जागिर खान थालेको ३५ वर्षमा उनी सीडीओ मात्रै भएनन्, निजामती कर्मचारीको सर्वोच्च पद मुख्यसचिव बन्ने अवसर पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेसँगै उनी निजामती प्रशासनको सर्वोच्च पदमा पुगेका छन् । उनी अब ३ वर्ष यो पदमा रहेर नेपालको कर्मचारी संयन्त्र हाँक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय