भृकुटीमण्डपमा जारी नाडा अटो शोमा ग्राहकले छानीछानी गाडी खरिद गर्न पाउने भएकोले भिड बढेको आयोजकले बताएको छ । नाडा अटो शो २०२४ मा नयाँ ब्रान्डले अनुमान भन्दा सस्तोमा गाडी ल्याएपछि पुरानालाई मूल्य घटाउन दबाब बढेको हो।


मंगलबारदेखि सुरु नाडा अटो मेलामा २३ वटा चारपांग्रे सवारीसाधनका ब्रान्डरु सहभागी छन्। सहभागी चारपांग्रे नयाँ ब्रान्डमध्ये ८ वटा ब्रान्ड नाडा अटो शोमै सार्वजनिक भएका हुन्।

मंगलबार देखि सुरु भएको अटो शोमा ग्राहकको भिड बढिरहेको बेला बिहीवार पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य बिक्रम पाण्डे र नेपालका लागि चिनियाँ राजदुत चेन सोङले भृकुटीमण्डप पुगेर मेलाको अवलोकन गरेका छन ।

नेपालमा इलेक्टोनिक गाडिको माग बढी रहेको समयमा भारत र चीन नेपालमा आफ्नो उत्पादन बिक्री गर्ने होडबाजीमा छन ।

मेला आगामी आइतबार सम्म चल्ने छ भनि प्रवेश शुल्क बापत २०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।












