भाद्र १२, २०८१ काठमाडौं ।

काठमाडौको टुडिखेलमा आयोजित गौरा पर्वको उपलक्ष्यमा शुभकामना दिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।

 

बुधबार कन्चनपुरका दीपक सिंह ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए । ठगुन्ना पक्राउ परेसँगै पक्राउ गर्नेको संख्या तीन पुगेको छ ।

 

यसअघि मंगलबार साँझ सुर्खेतका बुद्धराम जैसी र अछामक रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक शान्ति हितविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले जानकारी दिए ।

गत १० गते सोमबार टुडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा अथिति बनेर पुगेका ओली र देउवाविरुद्ध केही युवाहरुले नाराबाजी गरेका थिए । युवाहरू लाई प्रहरीले पक्राउ गरेपछि अहिले सामाजिक संजालमा प्रहरीको व्यापक बिरोध भैरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय