भदौ ११ , २०८१ काठमाडौं ।
ace college ले एसे एक्प्रेसन्स २०२४ को आधिकारिक शुभारम्भ भएको घोषणा गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै ace college ले सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । यो कार्यक्रम आउने असोज ५ देखि १२ गतेसम्म भृकुटीमण्डपमा हुँदैछ ।


जसमा देशभरका उत्कृष्ट बिद्यार्थीहरुलाई एकसाथ ल्याउने दश प्रमुख उप-कार्यक्रमहरु समाबेश गरिएको छ । यस उत्सवको समापन एक भब्य कन्सर्टको साथ हुने पनि आयोजकले जनाएको छ जसमा नेपालका प्रसिद्ध कलाकारहरुको प्रस्तुति रहने कलेजले जानकारी दिएको छ । कार्यक्रम आयोजना गर्न ५० लाखको अनुमान कलेजले गरेको छ । ५०० को टिकटमा आगन्तुकहरुले ६ वटा सो हेर्न सक्ने कलेजले जनाएको छ ।
विद्यार्थीहरु लाई आफ्नो प्रतिभा सिर्जनात्मक र बौद्धिक क्षमताको प्रदर्शन गर्ने मंच प्रदान गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । कलेजले ब्याण्ड प्रतियोगिता, नित्य प्रतियोगिता, फेसन शो, टिभिसी/डिभिसी, स्टक सिमुलेसन, अट्रेस इन्टरभ्यु, क्विज प्रतियोगिता, बहस प्रतियोगिता, फोटोग्राफी, चित्रकला लगायत लाई समेटेको छ ।












