भाद्र ११, २०८१ काठमाडौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठक लाई सम्बोधन गर्ने भएका छन।आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।


अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने तयारी गरेका छन् । उनले विशेष समयमा बोल्ने तयारी गरेका छन् ।











