भाद्र १०, काठमाडौ ।

गौरा पर्वको उपलक्ष्यमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । गौरा पर्वको कार्यक्रममा सहभागी एक समूहले ओली र देउवाविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।

आयोजकले शान्त रहन आग्रह गरेपनि उनीहरुले ओलीलगायतको कारणले देशले दुख पाएको भन्दै चर्का नाराबाजी गरिरहे । आफूहरु विरुद्ध नाराबाजी भएपछि ओलीले सम्बोधनका क्रममा नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको टिप्पणी गरे । उनले नयाँ पुस्ताले गरेको यो हर्कत नेपालीपन नभएको बताए । यस्तै देउवाले पनि नेपालको चलन यही हो लाज छैन भन्दै नाराबाजी गर्नेहरुविरुद्ध आक्रोश व्यक्त गरे ।

यस्तै कांग्रेस सभापति देउवाले गौरा पर्व बिथोल्नेहरूलाई कारबाही गर्न आग्रह गरे । काठमाडौँमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरूलाई काठमाडौँवासीले ठिक पार्नुपर्ने  उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय