भदाै ३ , काठमाडौं ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व देशभर पुरुषहरुले नयाँ जनै फेरेर र  महिला पुरुषहरुले रक्षाबन्धन (डोरो) बाँधेर मनाइएका छन ।


रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायक लगायत वाग्मती नदीकिनार र मठ मन्दिरमा भक्तजनको बाक्लो चहलपहल रहेको छ ।

यसैगरी रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम , सोलुखुम्बुको दुधकुण्ड , सानोदुधकुण्ड रामेछापको सिद्वेश्वर लगायत देशैभरका मठमन्दिर र नदि तथा तालतलैयामा पनि बिहानैदेखि मेला लागेको छ ।

नेपालको तराई मधेशमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

आज धामीझाँक्रीहरुले पनि आफ्ना आराध्यदेव भगवान शिवको आव्हान गर्दै पुजाआजा गर्ने गर्दछन ।

देशैभरका शिवलाय देबिथान र भुमिथानमा जम्मा भएर उनिहरुले सामुहिक रुपले पुकारापात गर्ने र पुजा गर्ने चलन चली आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय